विकास र सेवाबाहेक अरू स्वार्थ छैन: सर्वेन्द्र खनाल
तनहुँ | चैत २२, २०७९
तनहुँ–१ को प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आफ्नो उम्मेदवारीमा विकास र सेवाबाहेक अरू स्वार्थ नभएको बताएका छन्।
बुधबार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देश र जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताएका हुन्।
‘यही ठाउँले जन्माएको छोरो हुँ, यही माटोको कसम खाएर भन्छु बिकास र सेवा बाहेक अन्य स्वार्थ छैन,’ खनालले भने।
३० वर्षसम्म राष्ट्रसेवकका रूपमा काम गरिसकेको बताउँदै खनालले तनहुँ–१ मा आफूभन्दा योग्य उम्मेदवार अरू नभएको बताए।
राजनीतिक पृष्ठभूमि नभएपनि देश र जनताको सेवामा निष्ठापूर्वक लाग्ने खनालले बताए।
‘मैले छल र जालको राजनीति गर्न जान्दिन तर राष्ट्रिय हितका लागि गरिने राजनीति राम्री जानेको छु’ खनालले भने।
लामो समय राष्ट्रसेवकका रूपमा काम गरेको अनुभव रहेको र त्यो अनुभवबाट भ्रष्टाचार र बेथिती नियन्त्रण र न्यूनिकरणका लागि योगदान गर्नसक्ने दाबी खनालले गरे।
उनले बिगतको कार्य दक्षता र योगदान नै आफ्ना जीतका आधार भएको उनले स्पष्ट पारे ।
उनले सुरक्षालाई प्रमुख प्राथमिकता दिएर भ्रष्टचारमा शुन्य सहनशिलता र पारदर्शीतालाई अग्र स्थानमा राख्ने प्रतिवद्धता व्यक्त गरे।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

